७/२३- यातायात व्यवस्था विभागले आफ्ना सूचना गतिविधि, जानकारी समावेश गरी परिष्कृत वेभर्साईट तयार गरेको छ । आज विभागमा आयोजित एक कार्यक्रममा विभागका महानिर्देशक श्री नरेन्द्रराज शर्माज्यूवाट यस वेभर्साईटको औपचारीक आरम्भ भएको छ ।
वेभसाइट मार्फत र्सवसाधारणले विभाग, अर्न्तर्गतका कार्यालयहरु एवं यातायात क्षेत्रसंग सम्बन्धित सूचना जानकारी प्राप्त गर्न सक्नुका साथै सुझाव, गुनासो एवं प्रतिकृया समेत दिन सकिने व्यवस्था मिलाईएको छ ।
यातायात व्यवस्था विभाग एवं कार्यालयवाट प्रदान गरिने सेवा र त्यसका प्रकृया आदीका साथै प्रयोग गरिने निवेदनका ढाँचाहरु, ऐन, नियम, निर्देशिका, परिपत्र, आचारसंहिता लगायतका कागजातहरु वेभर्साईटमा उपलब्ध रहेको छ ।
यस मार्फ सवारी चालक अनुमतिपत्रको अभिलेख रुजु गर्न सकिनुका साथै सवारीको करको विवरण समेत प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।
संगठनको परिचय, नागरिक वडापत्र, भाडादर, तथ्य तथ्याँक, महत्वपुर्ण सूचनाहरु, कार्यरत कर्मचारीहरुको विवरण, अर्न्तर्गतका कार्यालयहरुका विवरण र प्रदान हुने सेवाको विवरण यसमा रहेको हुँदा र्सवसाधारणमा सेवा प्रवाहको लागि वेभसाइट उपयोगी हुने विश्वास गरिएको छ ।
वेभसाइटमा उपयोगी सामाग्रीहरु राख्ने कार्य भइरहेको हुँदा यस सम्बन्धमा केही सुझाव भएमा वेभर्साईटमा रहेको लिङ्क मार्फ सुझाव पठाउनुहुन सम्बन्धित सवैमा अनुरोध गरिएको छ । वेभर्साईट मार्फ प्राप्त हुने सुझाव, गुनासो, प्रतिकृयालाई विभागले ग्रहण गर्न उचित व्यवस्था मिलाइएको छ ।