Quick Setting


नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था विभाग

मीनभवन, काठमाडौं
nepali flag

सवारी चालक अनुमतिपत्र बारेमा

  1. नयाँ सवारी चालक अनुमतिपत्र तथा वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय / यातायात व्यवस्था सेवा कार्यालयले विवरण रुजु एवंम् निवेदकको बायोमेट्रिक लिने कार्यहरु सार्वजनिक बिदा बाहेक हप्ताको प्रत्येक आइतबार, सोमबार, मंगलबार र बुधबारका दिन गर्ने गर्छ । यसका लागि निवेदकले यस प्रणालीमा आफ्नो निवेदक खाता बनाई प्रत्येक दिनको १५औं दिन अर्थात १६ दिनभित्र लाइसेन्सको वर्ग कोटा उपलब्ध भएको दिन सम्बन्धित कार्यालयमा अनलाइन आवेदन दर्ता गरी कार्यालय भिजिट डेट लिन सकिनेछ । तर प्रत्येक १६ औं दिनका लागि नयाँ आवेदन फाराम बिहान ७ बजे (शनिबार / आइतबार /सोमबार / मङ्गलबार) मात्र खुल्ला हुन्छ र कोटा नसकिएसम्म सातै दिन २४ घण्टासम्म फाराम भर्न सकिन्छ । निवेदकले आफ्नो निवेदक खाता एकभन्दा बढी बनाउनु हुँदैन ।

  2. अनलाइन आवेदन फाराम भर्दा निवेदकले आफ्नो मोवाइल नम्बर सहित अन्य विवरण सही प्रविष्ट गर्नु पर्दछ ।

  3. पहिचान परिचयपत्र (नागरिकता, पासपोर्ट र लाइसेन्स) को मूल स्क्यान गरिएको प्रतिलिपि अपलोड गर्नुपर्छ ।

  4. विवरण रुजु एवंम् बायोमेट्रिकका लागि प्राप्त गरेको कार्यालय भिजिट डेटमा निवेदक उपस्थित हुन नसकेको अवस्थामा सो मितिबाट १५ दिन पछि मात्र पुनः अनलाइन आवेदन भर्न सक्नेछ ।

  5. दर्ता गरिएको अनलाइन आवेदन फाराममा रहेको व्यक्तिगत विवरण जस्तै नाम, थर, नागरिकता विवरण, मोबाइल नं. र जन्म मिति मा कुनै त्रुटि भएमा उक्त फाराम रद्द हुनेछ । साथै वर्ग थपको लागि फाराम भर्दा प्राप्त गरिसकेको लाइसेन्सको वर्ग गलत प्रविष्ट भएमा पनि फाराम रद्द हुनेछ ।

  6. सवारी चालक अनुमतिपत्रका लागि निवेदकको उमेर दुई पाङ्ग्रे सवारी (वर्ग A/K) को लागि १६ वर्ष, साना सवारी (वर्ग B) को लागि १८ वर्ष र अन्य सवारीका लागि २१ वर्ष पूरा भएको हुनुपर्नेछ ।

  7. यातायात व्यवस्था कार्यालय / यातायात व्यवस्था सेवा कार्यालयको दैनिक लाइसेन्स वर्ग कोटा सम्बन्धी विवरण quotas मा क्लिक गरी हेर्न सकिन्छ ।

  8. सवारी चालकको स्मार्ट-कार्ड सवारी चालक अनुमतिपत्र सम्बन्धी विवरण license search मा क्लिक गरी हेर्न सकिन्छ ।

  9. ट्रायल परीक्षामा असफल भएका परीक्षार्थीहरुले असफल भएको प्रथम मितिले ९० दिनाभित्र बढीमा ३ पटक सम्म रि-ट्रायल दिन सक्नेछन् ।

  10. लाइसेन्स वर्ग पावरटिलर (D) , ट्र्रयाक्टर (E) , मिनिबस, ट्रक तथा बस (F, G) प्राप्त गरेका सवारी चालकले कुनैपनि अर्को वर्ग थप गर्दा लिखित परीक्षा अनिवार्य दिनुपर्दछ ।

  11. बायोमेट्रिक दर्ता, लिखित तथा प्रयोगात्मक परीक्षाका लागि सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रूपमा सक्कल नागरिकता, सक्कल लाइसेन्स (वर्ग थपको हकमा) साथै लिएर मात्र जानुपर्छ ।

  12. प्रयोगात्मक परीक्षाका दिन परीक्षार्थीले अनिवार्य रूपमा जुत्ता लगाई आउनुपर्छ । साथै लिखित तथा प्रयोगात्मक परीक्षा केन्द्रहरुमा मोबाइल फोन निषेध गरिएको छ ।

  13. आफ्नो स्मार्ट-कार्ड सवारी चालक अनुमतिपत्र छपाई भए/नभएको बारेमा जानकारीका लागि license print check क्लिक गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

  14. अनलाइन फारम भर्दा कुनै समस्या आएमा (कोटा बाहेक) "समस्या रिपोर्ट" मा गइ आफ्नो समस्या पठाउनुहोला । साथमा समस्या बुझिने गरि स्कृनसट पनि राख्नु पर्नेछ ।

सवारी चालक अनुमतिपत्रसंग सम्बन्धित कागजातहरु

क्र.स. विषय जारी मिति डाउनलोड
1 वर्ग ख/B (कार, जीप, डेलिभरी भ्यान) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह, २०७८ (अङ्ग्रेजी माध्यम)। 2079-03-27 डाउनलोड
2 वर्ग ख/B (कार, जीप, डेलिभरी भ्यान) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह २०७८, असोज (प्रथम परिमार्जन) । 2078-06-24 डाउनलोड
3 सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी 2060-12-01 डाउनलोड
4 वर्ग क/A (मोटरसाइकल/स्कुटर/मोपेड) र वर्ग ट/K (स्कुटर/मोपेड) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह २०७८, असोज (प्रथम परिमार्जन) 2078-06-24 डाउनलोड