कार्यालयको नामः यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, वाग्मती, ठूलो भ¥याङ, काठमाडौं
स्थापना मितिः २०७३ पुस १७
कार्यालयको ठेगाना : ठूलो भ¥याङ, काठमाडौं
श्रेणी : रा.प.द्वितीय
पद : उपसचिव,
सेवा : प्रशासन सेवा,
समुह : सामान्य प्रशासन
कार्यालय प्रमुखको जिम्मेवारी:
१. कार्यालय प्रमुखले आफू समक्ष निर्णयका लागि पेश हुन आएका विषयको गाम्भीर्यता मनन् गरी सकेसम्म सोही दिन निर्णय गर्ने ।
२. उपलव्ध कर्मचारी संख्या र कार्यालयको कार्यवोझ एकिन गरी कर्मचारीलाई जिम्मेवारी तोकिदिने ।
३. आवश्यकता अनुसार मातहतका कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन गर्ने ।
४. कार्यालयको अभिलेख प्रणालीलाई जिम्मेवारी तोकी व्यवस्थित व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाउने ।
५. चालक अनुमति पत्रसम्बन्धी कार्यको सम्वन्धमा परीक्षा समितिको बैठक बोलाउने, उक्त बैठकको अध्यक्षता गर्ने, प्रश्नपत्रहरु सुरक्षित राखी आवश्यकता अनुसार प्रयोगमा ल्याउने, लिखित तथा प्रयोगात्मक परीक्षा संचालनको व्यवस्था मिलाउने, परीक्षा समितिको सिफारिस अनुसार चालक अनुमतिपत्र जारी गर्ने, अधिकार प्रत्यायोजन भएकोमा वाहेक स.चा.अ.प. नविकरण गर्ने, प्रतिलिपि प्रदान गर्ने, होलोग्राम सुरक्षित राख्ने र आवश्यकता अनुसार प्रयोगमा ल्याउने व्यवस्था मिलाउने ।
६. कार्यालयमा प्राप्त राजश्वको म.ले.प. फारमहरुको ढाँचामा अभिलेख राखि प्रमाणीत गर्ने र सोको आवधिक प्रतिबेदनहरु तयार गर्न लगाई प्रमाणित गरि सम्वन्धित निकायहरुमा उपलव्ध गराउने ।
७. कार्यालयमा सम्पादन गरिएका सम्पूर्ण कार्यहरुका सम्वन्धमा मासिक, चौमासिक, वार्षिक प्रगति प्रतिवेदनहरु निर्धारित समयमा विभागमा उपलव्ध गराउने ।
८. आफ्नो क्षेत्राधिकार भित्रको यातायात व्यवस्थापन सम्वन्धमा ट्राफिक प्रहरी, स्थानीय प्रशासन, नगरपालिका तथा यातायात व्यवसायीहरुसंग समन्वय राखी आवश्यकता अनुसारको कार्यहरु गर्ने ।
९. आफ्नो क्षेत्राधिकार भित्रको सवारी तथा यातायात सम्वन्धी विषयमा विद्यमान स्थिति र गरिनु पर्ने सुधारको सम्वन्धमा विभागमा समय समयमा प्रतिवेदन गर्ने ।
१०. कार्यालयमा आवश्यकता अनुसार पालो पहरा र सुरक्षाको भरपर्दो व्यवस्था र प्रवन्ध मिलाउने ।

